लोभलाग्दो आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी (फोटो फिचर)

पाल्पा- अन्य जातको खुर्सानीको तुलनामा बढी मुल्यमा बिक्री हुने र बजारीकरणका लागि पनि सहज भएपछि व्यवसायिक अकबरे खुर्सानी खेतितर्फ पाल्पाका कृषक आर्कर्षीत हुँदै गएका छन् ।

अन्य खेति गर्दा जंगली जनवार बाँदर, बनेल, दुम्सी लगायतबाट हैरानी बेहोरेका कृषकहरुले यसबाट छुटकाराको साथै आम्दानीमा समेत वृद्धि गरेका हुन् ।

बारीभरी लटरम्म फलेको अकबरे खुर्सानी खेतिको हेरचाह गर्नु, पाकेर रातो भएका खुर्सानी टिप्नु र बिक्रीका लागि संकलन केन्द्रसम्म पुर्‍याउनु पाल्पाका कृषकहरुको पछिल्लो दैनिकी हो ।

छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकोले यहाँका कृषकहरु अकबरे खुर्सानी खेतीतर्फ आर्कषित भएका हुन् । जिल्लाको रिब्दीकोट, रैनादेवी छहरा,माथागढी र बगनासकालटी गाउँपालिकाका कृषहरुले कम्तिमा एक रोपनी देखी बढीमा १५ रोपनीसम्म अकबरे खुर्सानी खेति गरेका छन् ।

गाउँपालिकाका ग्रामीण वडाका सबैजसो घरमा अकबरे खुर्सानी रोपण गरिएको छ । बारीमा पाकेर रात्म्मे भएको खुर्सानीका दृष्य अझ मनमोहक देखिने गरेको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाका ८ वटै वडामा अर्कबरे खुर्सानीको व्यवसायिक नै खेति हुँदै आएको छ ।

दुई वर्ष अघिसम्म परिक्षणको रुपमा सुरु भएको अर्कबरे खुर्सानी खेति अहिले प्रत्येक वडाको टोलटोलमा खेति हुन थालेपछि कृषको आम्दानी समेत बढेको छ ।

खुर्सानीको उत्पादन र बजारीकरण सहितको उचित मुल्य किसानले घरदैलोबाटै सहज रुपमा पाउन थालेपछि खुर्सानी खेतिमा कृषकको थप आर्कषण समेत बढेको छ ।

किसानको उत्पादन किसानले नै खरिद गरि छिमेकी जिल्ला रुपन्देहीसम्म निर्यात हुन थालेपछि कृषकलाई सहज भएको छ ।

खुर्सानी बिक्रीका लागि यशोदा फुड प्रालिसँग सम्झौता नै गरि किसान एग्रोभेट प्रालि हार्थोक पाल्पाले अहिले किलोको रु २६० मा खरिद गर्दै आएको छ ।

बाँदरबाट हैरानी बेहोरेपछी सुरु भएको अकबरे खुर्सानी खेतीले यहाँका कृषकहरुलाई आत्मनिर्भर मात्र बनाएको छैन ।

जिल्लाको रिब्दीकोट गाउँपालिकामा अकबरे खुर्सानी बिक्रिबाट करोडौं रकम भित्रिन सकेको छ । जसले छिमेकी पालिका र जिल्लाका कृषकलाई समेत आर्कर्षीत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.