निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव छैन: उर्जा मन्त्री खड्का

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव नरहेको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एका कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर नै सरकार अघि बढिरहेको बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न चाहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई परेका अप्ठ्यारा, समस्या र चुनौतीको सामना गर्न सरकार लागिपरेको दाबी गर्नुभयो । उहाँले कसैलाई गाली गरेर मात्रै समस्याको समाधान नहुने भन्दै अहिले काम गर्ने बेला भएको बताउनु भयो । उहाँले आन्तरिक वा बाह्य लगानीको सुरक्षा सरकारले लिने प्रतिबद्धता जनाउँदै । निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि सरकार त्यही भनाइमा अडिग छ । निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर, निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ सरकार निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छ । निजी क्षेत्रलाई परेका अप्ठ्यारा, समस्या र चुनौतीहरू आउनुस्, बसौँ, छलफल गरौँ । समाधान हामीले खोज्ने हो, कोही आएर खोज्दैन । समाधानतर्फ लागौँ । यहाँ कसैले कसैलाई गाली गरेर हुँदैन । अब काम गर्ने बेला हो । यो मौका पनि छ । भाग्यवश भन्नुपर्छ, छिमेकी हुनुका नाताले हामीले विद्युत्को सम्झौता मात्रै गरेको होइन, म त संखुवासभाबाट प्रतिनिधित्व गर्ने मान्छे । अरुण तेस्रो अब एक वर्षमा सम्पन्न हुँदै छ, ९ सय मेगावाटको । अरू दुई वटा आयोजनाहरू त्यही कम्पनीले लिइसकेको छ । अन्य क्षेत्रमा पनि लगानी गर्न चाहनुहुन्छ । यस्तो लगानीको आन्तरिक वा बाह्य लगानीको यी सबै लगानीको सुरक्षा सरकारले लिन सक्नुपर्छ र लिन्छ । सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको छ, लगानीको सुरक्षा गर्ने र व्यवसायीहरूले बढी भन्दा बढी नाफा कमाउन् भन्ने नै हो । जति बढी निजी क्षेत्रले नाफा कमाउनु हुन्छ, त्यति नै बढी राजश्व तिर्ने हो । त्यहाँबाट मात्रै मुलुकलाई सहयोग पुग्ने हो । निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व हो । सरकार त्यसमा पछि पर्दैन ।’

मन्त्री खड्काले छिमेकी देशले गरेको सहयोगको प्रशंसा गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक र आर्थिक हिसाबमा ठुलो क्रान्ति गरिरहेका मुलुकहरूको फाइदा लिन सक्नुपर्ने बताउनु भयो । अहिले अलमलिने बेला नभएको र सबै कुराको समस्या समाधान गर्ने गरी सरकार अघि बढिरहेको जिकिर गर्नुभयो । मन्त्री खड्काले एकले अर्कालाई दोषारोपण गर्ने कुरामा अल्झिनु नहुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.