दुई ठुला देशको विकासबाट नेपालले फाइदा लिनुपर्छ: उपमहासचिव बस्नेत

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले दुई ठुला देशको विकासबाट नेपाली समाज लाभान्वित हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारत अहिले इमर्जिङ इकोनोमीमा आइरहेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने बताउनुभएको हो । उहाँले छिमेकी देशहरूले गरेको प्रगतिबाट अर्को छिमेकी देश खुसी हुनु स्वाभाविक रहेको भन्दै भारतले गरेको प्रगतिबाट नेपाल पनि खुसी रहेको बताउनु भयो । उहाँले तीव्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्ने कुरा आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यति बेला भारत एउटा इमर्जिङ इकोनोमीमा देखिरहेको छ । इमर्जिङ इकोनोमीको रूपमा जसरी भारत अघि आइरहेको छ, यो हामी सबैको लागि खुसीको कुरा पनि हो । एक छिमेकी र एक असल मित्र छिमेकीले गरिरहेको प्रगतिबाट हामी सबै खुसी हुने कुरा स्वाभाविक छ । हामी खुसी छौँ । त्यो तीव्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्ने कुराको आवश्यक हुन्छ । दुई तिहाइ हाम्रो ट्रेड भारतसँग छ । आफूसँग भएका श्रोत र साधनको सही ढङ्गले प्रयोग गर्न सक्ने मुलुकले नै समृद्धिको यात्रा तय गर्दछन् । ४५ प्रतिशत बनजंगलको सही सदुपयोग गर्न आवश्यक छ । जलश्रोतको सही प्रयोगको बारेमा सोच्नु अनिवार्य र अपरिहार्य छ ।’

उपमहासचिव बस्नेतले नेपालमा रहेको ४५ प्रतिशत बनजंगलको नेपालले सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.