दक्षिण पूर्वी अमेरिकामा हेलेन नामक आँधीका कारण ४३ जनाको मृत्यु

हेलेन नामक आँधीका कारण दक्षिण पूर्वी अमेरिकामा ४३ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राति फ्लोरिडामा अवरतण गरेको आँधीले दक्षिणी क्यारोलिना र जर्जिया राज्यमा बढी क्षति पुर्‍याएको छ । जर्जियाका केही भागका सडकहरु जलमग्न भएका छन् ।

त्यहाँको राष्ट्रिय मौसम सेवाले तीब्र बाढीको चेतावनी दिंदै १० लाखभन्दा बढी मानिसलाई उच्च जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा जान आग्रह गरेको छ । जर्जियामा मात्रै आँधीका कारण १५ जनाको मृत्यु भएको छ ।

फ्लोरिडामा आँधी बाढीले पुर्‍याएको विनासको सफाई कार्य भइरहेको छ । आँधीले धेरैजसो घरहरु बगाएको छ । हेलेन आँधीक कारण फ्लोरिडामा भीषण हावा हुरीका साथ आएको बाढीले ठूलो विनास निम्त्याएको छ ।

आँधी जर्जिया, टेनिसी हुँदै क्यारोलिनातर्फ अघि बढिरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.