बाढी र पहिरोको घटनामा परेर मृत्यु हुँनेको संख्या ३८ पुग्यो,२९ जना बेपत्ता

काठमाडौँ–  अबिरल बर्षादका कारण आएको बाढी र पहिरोको घटनामा परेर मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईका अनुसार अबिरल बर्षादका कारण आएको बाढी पहिरो लगायतका विपद्का घटनामा हाल सम्म  ३८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । यस्तै घटनामा २९ जना बेपत्ता भएका छन् ।

बेपत्ताहरुको खोजी कार्यमा शुरक्षाकर्मीको परिचालन गरिएको र घाइतेहरुको उपाचार विस्थापितहरुको राहत तथा उद्धारलाई तिव्र  बनाइएको प्रवक्ता भटटराइले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

अहिले सम्म घटनमा परेका १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ । बाढी पाहिरोका कारण १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.