१२ घण्टापछि कुलेखानीको ढोका बन्द गरियो

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशयको पानी कम हुँदै गएपछि ड्यामका ढोका बन्द गरिएको छ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान साढे पाँचबजेदेखि ड्यामका २ वटा ढोका खोलिएको थियो ।

ढोका खोलेर जलाशयको पानी निकाशा गरेको करीब १२ घण्टापछि दुबै ढोका बन्द गरिएको कुलेखानी जलविद्युत केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । जलाशय भरिएर १ हजार ५ सय ३१ मिटर पुगेर ओभरफ्लो हुन थालेपछि ड्यामको दुवै ढोका साढे ४ मिटरसम्म खोलिएको थियो ।

कुलेखानीको जल सतह बिहान ९ बजेर ४० मिनेट जाँदा एक हजार पाँच सय २८ दशमलव ४८ सेन्टिमिटर रहेको प्रमुख भट्टले जानकारी गराउनुभयो । जलाशयको भण्डारण क्षमता एक हजार पाँच सय ३० मिटर रहेको छ ।

नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’ मानिने यस केन्द्रबाट अहिले २४ सै पूर्ण क्षमतामा विद्युत् उत्पादन भैरहेको छ । कुलेखानी प्रथमवाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.