अविरल वर्षाले त्रिशूली नदीका झोलुङ्गे पुलहरूमा क्षति

धादिङ- बिहीबार साँझदेखी परेको अविरल वर्षाले गर्दा त्रिशूली नदीमा पानी जल सतह बढेपछि नदी वारपारका लागी राखिएका झोलुङ्गे पुलहरूमा क्षती पुर्‍याएको छ ।

विशेष गरी धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकालाई गोर्खाको गण्डकी गाउँपालिकासँग जोड्ने पुलमा क्षति पुग्दा गोर्खाका स्थानीयलाई आवत जावतमा समस्या आएको हो ।

धादिङको चरौदी बजार गोर्खास्थित गण्डकी गाउँपालिकाको घ्यालचोक धावदी क्षेत्रका स्थानीयको दैनिक उपभोग्य बस्तुहरु लिनका लागी आवत जावत गर्ने ठाँउ हो । यसो त घ्यालचोकको धावदी क्षेत्रमा उत्पादन भएको तरकारी बिक्रीका लागी समेत धादिङको चरौदी बजार ल्याउनु पर्ने भएकोले थप समस्या आएको छ ।

पुलमा मानिसहरू आवत जावत गर्न नसक्ने गरी क्षति पुर्‍याएको छ । आवतजावतमा समस्या भएपछि सो क्षेत्रका स्थानीयले तत्काल पुलको मर्मतका लागी सरोकारवाल निकायसँग आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.