नेपाल—दक्षिण कोरियाबिचको सम्बन्ध सहयोगपूर्ण: सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले नेपाल—दक्षिण कोरियाबिचको सम्बन्ध सहयोगपूर्ण रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौँमा नेपाल—दक्षिण कोरियाबिच कूटनीतिक सम्बन्ध कायम भएको ५० औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई देशबिच सन् १९७४ मा स्थापना भएको कूटनीतिक सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक, समान सहकार्यमा आधारित र विभिन्न क्षेत्रमा सहयोगपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल र कोरियाबिच भएका उच्चस्तरीय सरकारी भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र दुई पक्षीय सम्झौताहरुले सम्बन्धलाई बलियो बनाएको बताउनु भयो । उहाँले दुवै देशले एसियाली क्षेत्रको शान्ति र समृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । उहाँले कोरिया सरकारले नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचिमा राखेर विभिन्न क्षेत्रहरूमा विकास, साझेदार कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा अवसर प्रदान गरेको र नेपालमा रेमिटेन्स आप्रवाहलाई थप बलियो बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई देशबिच सन् १९७४ मा स्थापना भएको कूटनीतिक सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक, समान सहकार्यमा आधारित र विभिन्न क्षेत्रमा सहयोगपूर्ण रहेको छ । नेपाल र कोरियाबिच भएका उच्चस्तरीय सरकारी भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र दुई पक्षीय सम्झौताहरुले  सम्बन्धलाई बलियो बनाएको महसुस गरेको छु । दुवै देशले एसियाली क्षेत्रको शान्ति र समृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । कोरिया सरकारले नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचिमा राखेर विभिन्न क्षेत्रहरूमा विकास, साझेदार कार्यक्रम सञ्चालन गर्दै आएको छ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा अवसर प्रदान गरेको छ । यसले नेपालमा रेमिटेन्स आप्रवाहलाई थप बलियो बनाएको छ ।’

सभामुख घिमिरेले नेपालमा वैदेशिक लगानीको वातावरणलाई विश्वसनीय बनाउन कोरियाली कम्पनीहरूको भूमिका स्मरणयोग्य रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.