सप्तकोसीमा पुनः सञ्चालनमा आयो जेट बोट

 

सुनसरी-  वर्षाका कारण गएको असार देखी बन्द सप्तकोसी नदीमा जेट बोट पुनः सञ्चालनमा आएको छ। ।

वराहक्षेत्र नगरपालिका–१ चतरा घाटदेखि कोप्चेसम्म हिउँदको समयमा चल्दै आएका जेट बोटले आजदेखि पुनः सञ्चालनमा आएको हो ।
सप्तकोसी किनारस्थित चतरा घाटबाट जेट बोट सञ्चालन हुने मरिन एन्ड रिसोर्ट जेटबोटका मालिक नवीन पौडेलले बताउनुभयो ।

दसैँ–तिहार लक्षित गरी यात्रुहरूलाई सहजताका साथ आफ्नो गन्तव्य स्थल पुग्न रकेट जेट बोट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो।

शुक्रवार दिन भर चतरा घाटबाट कोप्चेसम्म ३ वटा इन्जिन जडित रकेट जेट बोट परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि आज बिहानैदेखि सेवालाई निरन्तरता दिइएको पौडेलले बताउनुभयो ।  चतरा घाटबाट कोप्चेसम्मका लागि भाडा दर प्रतिव्यक्ती ७०० रुपैयाँ कायम गरिएको छ ।

चतराबाट जेट बोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाका सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा आउजाउ तथा खाद्यान्न ढुवानी सहज हुने छ ।

त्यस्तै नेपालीहरूको महान् चाड दसैँमा आफ्नो थातथलो फर्किने यात्रुलाई समेत सहज हुने बताइएको छ । यस क्षेत्रमा करिब आधा दर्जन जेटवोट सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.