पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट गाँजा बरामद

मकवानपुर-  मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर वाट गाँजा बरामद गरेको छ ।

प्रहरी चौकी रातो माटेबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातो माटेबाट मङ्गलवार बिहान गाँजा सहितको ट्याङ्कर नियन्त्रणमा लिएको हो ।

पालुङबाट वीरगन्ज तर्फ ज्यादै गरेको ना ७ ख १७७१ को ट्याङ्कर गाडीलाई विशेष सूचनाको आधारमा रोकी चेकजाँच गर्ने क्रममा तीन सय ९२ केजी लागू औषध गाँजा बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो ।

प्रहरीले ट्याङ्कर चालक मनहर गाउँपालिका वडा नं. ९ ज्यामिरे बस्ने वर्ष २६ का रोशन पुरी र सोही स्थानका सहचालक वर्ष २२ का धन बहादुर मल्ललाई पक्राउ गरेको छ ।

ट्याङ्करको पाँच वटा डिब्बाहरू मध्ये ३ नबम्को डिब्बाभित्र २५ वटा पोका बनाई रातो प्लास्टिकले बेरेको अवस्थामा गाँजा फेला परेको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.