दशैं, सरिते र म
“भोलि त हो दशैं, आइनस् क्यारे, अर्को साल नी नआइजो म मरेपछि आउँछस् होलानी! आमाको मायाले तानेन हई ? तेरो बुढी भाकी भए कसो आउँथेनस् ?” तेसो होइन के मास्टर्नी यसपाली साथीहरु सबै गको भएर साहुले छुट्टी नै दिएन, अनि कलेजमा पनि पढाइ चलिराछ अर्को साल त पक्का आँछु, मनपरेकी केटी ठिक्क पारीराख्नु म आएसी झ्याइँ झ्याइँ बाजा बजाउनुपर्छ । आमालाई हसाँउन बोल्दै थिएँ, आमा त रुन पो थाल्नुभो, “चिन्ता न लि दिवस, अब नमिलेसी कसरी हो आउने, उडेर आउनु भएन, पिर नगर तेरा छोरा छोरी नभएपनि म त छु नी भन्छु, खै कसै गरि मान्दिन त तेरी आमै” बाबाले अलि मन थामेर दुःखै नपरे जस्तो गर्नुभयो । माया त हुँदो हो नी तर नारी हृदय र त्यसमा पनि आमाको मन जति कोमल संसारमा के नै होला । पछाडीबाट आमा रोएको आवाज कानबाट ठाडै मुटुमा छेडेर आँखा रसिलो बनायो मन भारी भयो । “अँ दिवस तैले पठाएको पैसा त्यही दिन बैंकको किस्ता नी तिरे अलि अलि घर खर्च गरे, अस्ति भन्छु भनेर फोन गरेको तँ काममा रैछस अनि त दिन र रातको फरकले तेस्तै तेस्तै भो हा हा” । “हिसाब त माग्या छैन बुबा भने । बुवा फेरी हाँस्नुभो। हाँसो सुनिरा थिएँ कार्डको पैसा चट् भएछ क्यार हत्तेरी फेरी आमासँग विदा नभैकन काटियो, आमाको पनि यही गुनासो हुन्छ सधैँ ।
मनमा खै केले पो हो नाराम्ररी घोचे जस्तो भो । सास नै अड्के जस्तो भयो, सासनली रोकिए जस्तो भयो । सानोमा गल्ती गर्दा बुबा ले नराम्रोसँग पिट्ने अनि रोयो भने झन् रुन्छस् भन्दै अझ पिट्ने गर्नुहुन्थ्यो । त्यो पछिको पिटाईबाट बच्न आँसु भित्र–भित्रै रोक्दा जति पीडा हुन्थ्यो आज त्यो भन्दा नी बढी पीडा भयो, काममै थिएँ, हत्तपत्त शौचालय गए र ढोका बन्द गरेर सारा आँसु बग्न दिए मन हलुको भए जस्तो भयो ।
रूममा आएर यसो फेसबुक खोले । भित्ताभरि दशैँका शुभकामनाको पोस्टहरु रहेछन् । बुबाको आजपनि प्रोफाइलको फोटो फेरिएको रहेछ । स्कूलमा दशैँको कार्यक्रम रहेछ मैले पठाइदिएको लुगामा चिटिक्क पर्नु भएकोरहेछ । दुई बर्ष अघि सरिते घर जाँदा बुवालाई फेसबुक चलाउन सिकाएकी थि रे । आफ्नो पुरानो आईफोन बुबालाई लग्देकि थि रे मास्टर बाले छिट्टै सिकेछन् ।
के गर्नु जाने मन भएनी धेरै कारणले बधिँनु पर्ने, पढाई भन्यो, जागिर भन्यो उही त हो नगरी खान नपाइने, अलि अलि गरेर जम्मा गरेर पठाएको पैसाले कम से कम बन्दै गरेको घरलाई भएनी भयो । बाबाले ऊ बेलादेखि मोटरसाइकल चढ्न पाउनुभएको थिएन, अहिले छोराले बुढेसकालमा यता उता गर्न गारो भयो बा बाइक किन्नुस भन्यो बाइक भन्दा स्कुटी सजिलो हुने हामी बुढाबूढी त हो भन्दै जो आएपनि सुनाईहाल्नुहुन्छ रे । मास्टर मास्टर्नीलाई कति सुख छ छोरा छोरीले विदेशबाट पैसा पठाउने कहिले घर बनाका छन्, कैले स्कुटर भन्दै जिस्काउँछन् रे वरपरकाले । यहाँ को दुःख जे जस्तो भएपनि घर परिवारबाट टाढा बस्नु परेनी वरपरकाले तेसो भने भन्दै खुसी हुँदै सुनाउनुहुन्छ आमा । हाम्रो बुबा मास्टर भाको भएर आमालाई सबले मास्टर्नी दिदि बहिनि आमा नानी भन्थे । यीमध्ये सरितेलाई मास्टर्नी नानी मनपरेछ क्या हो त्यही भन्थी अनि उसको सिको गर्दै मैलेपनि त्यही भन्न थाले । मास्टर्नी नानी आमा ।
रेस्ट रूमबाट निस्किसकेको थिए । यो इटालियन रेस्टुरेन्टदेखि अपार्टमेन्ट नजिक नै छ साहुपनि राम्रै छ । त्यही भएर ५–६ महिना भयो सजिलो भएको छ । आफ्नो डियुटी सकिन लगेको थियो अपार्टमेन्ट जाने बेला नी हुन लागिसकेको थियो, एकजना चाइनिज साथी नजिकै आइ, आँखा रसाएको ओभाइसकेको रहेनछ क्यारे एनी प्रोबम डिवस भनी, महिले मिसिङ्ग फेमली ली भने। बिचरी मायालु मुख पार्दै स्टे स्ट्रोङ भनेर पछाडी थमथमाइ । उही त हो बिदेशिएकालाई बेदना बिस्तारमा भनिराख्नु पर्दैन । पीडा त एकै हुन्छ घरबाट टाढीनुको । आफ्नो मान्छेहरुको माझमा नहुनुको, बिदेशिनुको ।
रूममा आएर यसो फेसबुक खोले । भित्ताभरि दशैँका शुभकामनाको पोस्टहरु रहेछन् । बुबाको आजपनि प्रोफाइलको फोटो फेरिएको रहेछ । स्कूलमा दशैँको कार्यक्रम रहेछ मैले पठाइदिएको लुगामा चिटिक्क पर्नु भएकोरहेछ । दुई बर्ष अघि सरिते घर जाँदा बुवालाई फेसबुक चलाउन सिकाएकी थि रे । आफ्नो पुरानो आईफोन बुबालाई लग्देकि थि रे मास्टर बाले छिट्टै सिकेछन् । प्राय दुई तीन दिनमा फोटो फेरिराख्नुहुन्छ बुबा । कैले घरको फोटो राख्छन् बुढा कैले स्कुटरको, बुढाबुढीको नजानिँदो पाराले पोस्ट राख्नलाई नै खिचेको जस्तो फोटो । हाँसो नी लाग्छ रमाइलो नी, कमेन्टमा सरितेले उडाउँछे बुबालाई मनपर्दो रहेनछ क्यारे उसको कमेन्ट लाइक गर्नुहुन्न मैले जस्तै नमिलेको फोटोमा पनि राम्रा राम्रा कमेन्ट दिँदा बुढाले थ्याङ्स छोरा भनेर रिप्लाई गरिहाल्नुहुन्छ । फेसबुकले पनि तहल्कै पिटेछ, जहाँ भएपनि बाआमाको फोटो हेरिराख्न पाइन्छ । जुकबर्गले पनि ठुलै चमत्कार गरे त नी । यी हेर्दा दशैंका दिनहरू याद आयो आफु सानो हुँदा हेरेक चाडवाड बेग्लै रमाइलो लाग्थ्यो दशैं त झन कुरै नगरौं, ओहो ! गाउँ पर–परका आफन्तकोमा पनि पैसा कमाउने आशले पुगिन्थ्यो टिका थाप्ने निहुँ पारेर । तास खेल्न माहिर थिएँ म, मै हुँ भन्नेलाई पनि छिनमै रित्याइदिन्थे तर मेरो यस्तो प्रतिभा मास्टर बालाई थाहा थिएन । मास्टरर्नी नानी आमालाई थाहा भएपनि बासँग लुकाएर मास्टर बाको बेल्ट र जुत्ताबाट धेरै पटक बचाउनुभयो । अँ, सरितेलाई क्लासमा केटाहरुले जिस्काएको कुरा बाबालाई भानिदिन्छु भानिस भने भनेर ब्ल्याक मेल गर्थे नभए त कहाँ बाँच्नु, बिचरी सोझी सरितेलाई के थाहा यसमा तेस्को के दोष । तै पनि यस्तो फटाहा भाईको अघि केटाहरु केहि भन्दैन थे । अरुको मुखबाट सुनेको भरमा ब्ल्याक मेल गर्थे ।
ओहो ! यो साल गरेर पाँच वर्ष भएछ बाआमाको हातको टिका नलगाको पनि । होइन क्यार छ वर्ष पो भाको हो एक वर्ष त म घरमै हुँदा छुटेको ।
गज्जबको हुन्थे ती क्षण, आहिले काम पढाई आदि इत्यादिको धपेडीबाट एक्लै हुँदा सम्झनाका मिठा पलहरु हाँसो बनी ओइरो लाउँछन् । सरितेलाई दिदी भने पनि उ र ममा दस मिनेटको मात्र फरक रे, सरिते केटी भएर होकी उ गोरी सफा चिट्ट परेकी थी म भने कालो धुर्मुस, जुम्ल्याहा भन्न कुनै एंगलबाट पनि नसुहाउने थियौं । अहिले पनि हामी उस्तै छौं । “धन्न एउटा छोरो जन्मियो, दुबै छोरी भाको भए खत्तम हुने”, भन्नु भा रे मास्टर बाले । “कालो भए पनि आखिर छोरो भन्या छोरो हो” भन्नुहुन्थ्यो रे बजैले चाहीँ । अनी बानी बेहोरानी ठ्याक्कै रुप नै जस्तो भैदियो हाम्रो । “भाई भन्न नि लाज लाग्छ”, भन्थी रिसाउँदा सरीतेले मलाई । मैले “दाई भन न त मुसी” भन्थे, सायद यो पुरुष प्रधान समाजमा छोरा भानौदाहरु चाहिने भन्दा बढ़ी पोषिएर होला ममा कहिले पनि सरितेको जस्तो गुण आउन सकेन । एकै क्लासमा पढेपनि म भन्दा पढाईमा निकै तिक्खर थी सरिते । म ल्वाँदे भएकै कारण मास्टर बाले खुब कुटे, मास्टरर्नी नानी आमाले चाहिँ कुट्न सक्थिनन् तर गाली चाहिँ खुब गर्थिन । मलाई आज पनि स्पष्ट याद छ, प्रायः यो दशैंको मुखमा मास्टर बाको मुखाराबिन्दबाट दशैं गाली । पख गधा तँलाई दशैंमा केही पनि किन्दिन सब सरितेलाई किन्दिन्छु भनेर दोहोरिरन्थ्यो । मास्टर बाले गाली गर्दा आमा चुप लाग्नुहुथ्यो र बा नहुँदा कराए पनि अर्ती बुद्धि दिनुहुन्थ्यो, बाले छोरा पुल्पुलाईस भनेर मलाई कराउँदा सँगसँगै कराउनुहुन्थ्यो मास्टरर्नी नानी आमाले मलाई ज्यादै माया गर्नुहुन्थ्यो । त्यहि मायाको भरले मैले गल्ति गरिरहेको हुन्थे सायद ।
गल्तिको कुरा अनि दशैंको कुरा गर्दा मलाई त्यो सालको याद आउँछ, १३–१४ बर्ष अघि हो क्यारे साल त त्यति याद भएन, दशैं आउन यस्तै तीन–चार दिन बाँकि थियो होला, एका बिहानै बाले सारै राम्ररी बोलाउनुभयो । सधैँ साला गधा भन्ने मास्टर बाले “बाबु दिवश, छोरो” भन्दा बुढा बिरामी भएछन की भनेर हत्तपत्त ओछ्यानबाट उठेर हजुर मास्टर बुवा भन्दै बा भा तिर गएँ ।
मनमा चिसो पसेर आयो नभन्दै आमाका सबै गरगहना दशैंलाई भनि जोगाइ राखेको पैसा सबै चोरी भएछ, सरिते आमा सँगै रुँदै थिए ।“चोर तैले घरको सबै कुरा चोरेर तास खेलिस भन्दै रोइ । आँखा झिमिक्क गर्न नपाउँदै बेल्ट फुकाएर मास्टर बाले त ममाथि कोर्रा झै बर्साउनुभो ।
“सुन दिवस आज आमा, म अनि सरिते दशैं बजार गर्न बजार जान लग्या, तिमी घरमै बस्नु है?” मिठो बोली पछाडीको रहस्य बुझिहाले, बासँग त केही बोल्ने आँट आएन आमासँग गएर रुन कराउन लागे । “करेला झैँ तीता बा किन मह झैँ गुलियो हुनुभयो भन्या त मलाई नलैजानलाई रहेछ । म बस्दिन घरमा जे गरे नि गर्नु जे भएपनि होस”, भन्दै रोए आमासँग । आमा मुसुमुसु हाँसेर मेरो छोरालाई मैले तिहारमा बाजार लान्छु नी, ज्ञानी छ दिवु भन्दै मुसार्नुभयो र ५० रुपैयाँ खल्तीमा राखिदिनुभो अलिकती राहात भयो, तैपनी मन दुखेको त थियो नै । पैसा पाए पछि तास रेसको याद आयो आँसु आफै हरायो बाले थाहा पाउलान् भन्ने डर पनि भएन तासलाई सम्झिदै बा आमा र सरितेलाई बिदाई गरे । बाको सम्पत्तिको तालाचाबी त्यस दिन मेरो हातमा भएपनि तासैले के के नै सम्पत्ति जोड्ने झैं गरी लागे तास दौडमा । बिहानदेखि बेलुकी हुन लग्दा नी तासको दौड़मा मस्त भएँ, मै हुँ भन्ने पुरा रित्तिसकेका थिए, “भो दिवस घर जा नभए मास्टर बालाई भन्दिन्छु भन्थे कोही कोही” तासमा रस पसेसी केको घर र को हुन मास्टर बा भन्दा आरुबारी होटलका साहुले “मास्टर बाको इज्जत तास खेलेर डुबाउँछौ क्या हो बाबु” पनि भनेका थिए, सुनेको नसुनै गरे । दिन त सारा बित्यो घडी हेर्दा त साँझको ७:३० भा रहेछ, मास्टर बाको कुटाई याद आयो र दौड़े घरतिर । घर सुनसान, अझैसम्म आउनु भएको रहेनछ भनेर खुसी हुँदै ढोका खोले, हुत्तिदै भन्छामा खाना पकाउन गए १०–१५ मिनेट मै बाआमा आउनुभयो सरिते नि निकै खुसी थी आउँदा आउँदै भए भरका सामान फिजाई दिवस तलाई मास्टर बाले केहिपनि नकिन्ने भनेकाले केहि किनेनौ भनि । मलाई सारै रिस उठ्यो उसलाई सक्ने जति बलले झम्टिएर “तँलाइ किनी होलिस् नी किन्नुसम्म मुसी” भनेर कपाल लुछे । “ओहो दिवुले खाना पकाएको भन्दै आमा सामान सँगै सुम्सुम्याउन आउनुभयो आमाको हात पनि फ्याकिदिए र रुँदै आफ्नो कोठा जोडले बन्द गरें । सरिते नबोली माथि कोठातिर गई । म चाहि रिसाएनी भित्र भित्र खुसी पनि भाको थिएँ तास खेलेको बाले थाहा पाएनन् भनेर । कोठा भित्र त आमाले किनेका सामान देखेँ दशैंको लागि सबैको लुगा रहेछ । आफ्नो लुगा खोजे भेटिन, आमाको लुगा किन च्यात्थे र बाको च्यात्ने आँट आएन मन भएनि, भए भरको रिस सरितेको नयाँ लुगामा निकाले उसले लुगा लाउनै नमिल्ने गरि च्यातिदिए । एक्कासी गेट को अवाज ले झस्किए । मेरो खुसि क्षण भरको पनि हुन पाएन बाबा गेटबाटै बर्बराउँदै आउनुभो, “नालायक कुकुर मैले आहिलेसम्म कामाएको नाम माटोमा मिल्काउने भो तेरो सुपुत्रले, दिनभरी आरुबारी साहुकोमा तास फिटेर बस्या रे कुकुर घर यत्तिकै छोडेर । “ढोका फोर्ला झैँ गरी कुकुर ढोका खोल भनेर कराउनुभयो । त्यो सुनेपछि आमाले पनि कराउन लाग्नुभो, यत्तिकैमा माथि गाकी सरिते मर्नेगरि मास्टर बा नानी आमा भनेर चिच्याइ, आमा बा सँगै म पनि माथि कोठमा गएँ, पल्लो घरका सबै जनापनि सँगै आइपुगे माथि गएर हेर्दा त आमाको कोठाको सामान सबै असरल्ल पारिएको, दराज फुटाईएको थियो । आमा हत्तपत्त चोरी भएछ भन्दै लौन लौ भन्दै कराउन थाल्नुभो ।
मनमा चिसो पसेर आयो नभन्दै आमाका सबै गरगहना दशैंलाई भनि जोगाइ राखेको पैसा सबै चोरी भएछ, सरिते आमा सँगै रुँदै थिए ।“चोर तैले घरको सबै कुरा चोरेर तास खेलिस भन्दै रोइ । आँखा झिमिक्क गर्न नपाउँदै बेल्ट फुकाएर मास्टर बाले त ममाथि कोर्रा झै बर्साउनुभो । संधै भयो छाड्नुस् भनेर बचाउन आउने आमा अनि मास्टर बा भयो भयो भन्दै छेक्न आउने सरिते कुनामा रोएरै बसे, बाबु मैले यतिसम्म गर्लास भन्ने सोचेकै थिइन” भन्दै रुँदै गर्नुभो, “एस्तो सन्तान हुनु भन्दा नभएकै बेस” भन्दै बा आमा दुवै उफ्रिन थाल्नु भो ।
“मास्टर बा, नानी आमाको कसम मैले होइन” भनिरहे थाप्पिरहे,“अझ आमाको कसम खान्छस् नालायक भन्दै बेल्ट कोर्रा झैँ अनेकौ कु–शब्दहरुसँग बर्सीरहयो । मास्टर बा नाथाकुन्जेलसम्म थापी रहे कोहि छेक्न आएनन् । बा थाकेसी मलाई सारै असैह्य भयो, मनमा ठुलो बोझ पर्यो शरीरको निल डाम भन्दा बढी नभएको आरोपले पीडा भयो । के गर्नु, गल्ति आखिर मेरै थियो, ताला चाबिको मालिक त्यो दिनको लागि मै थिएँ । त्यो रात कसैले पनि खाना नै खाएनौँ, तासलाई जिन्दगीमा छुन्न भन्ने कसम खाएँ ,निदाउनै सकिन आत्मग्लानी भयो । मेरो गल्तिले गर्दा दशैँको मुखमा आएर बाआमाले जोगाइ राखेको पैसा र दुःख गरि जोडेको सुन चोरी भो अझ आफु माथि आएको चोरको दोषले घरमा बस्नै लाज लगेर आयो । गोजीमा १,०००–१,५०० धन्न थियो । ५० रुपैयाँले तेती कमाएको थिएँ । तास खेल्न त माहिर थिएँ नी तर तास छुन्न भनेर कसम खाइहाले, छोएको पनि छैन, कसममा पक्का छु मास्टर बा जस्तै । अम्मरे दाइले सबै पैसा हारेसी १,००० रुपैयाँ सापटी मग्या थे, दिइन, दिएको भए हिड्ने पैसै नहुने । जाने ठाउँ कहीँ थिएन । काकाहरु सबै नजिकै फेरी चोर र जुवाडेको आरोपले गाउँमा लाज होला भन्ठानेर मामाकोमा गए । दशैँको दिनमा नि आइन, बाआमाले फेरी दुःख दिस् भन्नुहोला भनेर मामाकोमा गए भनेर चिठी लेखेर छोडेको थिएँ । बिचरी मास्टरर्नी नानी आमाले नपत्याएर मामालाई फोन गर्नुभारहेछ पनि, निष्ठुरी मास्टर बाले सोध्दा समेत सोधेनन रे । “दुई–चार दिन पछि मरेकै रहेछ तेरो सुपुत्र की भातुवा भन्दै नाम बदनाम गर्दै बरालिएर चोर” भनेर आमासँग कराउनु पनि भाथ्यो रे ।
टिकाको भोलिपल्ट सबै जना दशैंको टिका थाप्न मामाकोमा आउनुभयो बिचरी सरिते नि आकिथि, पुरानै लुगामा, मलाई हेर्दा समेत हेरिन नयाँ लुगा च्यात्यो भनेर म भन्दा नि बढी रोएकी थी रे, चोर पनि समतिएछ चोर्ने अरु कोई नभएर त्यहि पल्लो घरको तीलेबाको कान्छो छोरो मसिने रहेछ । दशैंको भोलिपल्ट बा आमासँग घर फर्केको थिएँ । मास्टर बासँग घुँडा टेकर माफी मागेको थियौँ, मैले र मसिनेले । मसिने पनि विदेशीसक्यो, को नै बाँकी छ र गाउँमा आजभोलि बुढाबुढी बाहेक ।
हिजो भर्खर जस्तो लाग्छ सबै । दुई तीन घण्टापछि सरिते भिनाजु अनी भान्जीको फ्लाइट ल्याण्ड हुन्छ । लास्ट एयर म गएको थिएँ । यसपाली पनि सरितेले उतै बोलाकी थी, मैले आलोपालो गरौन भनेकोले मानी बिचरी । एकै देशमा भए पनी खासै भेट हुन्न उसको र मेरो, उ कहाँ म कहाँ । धन्न दशैंको अशिष दिँदा आमाले, हामी नभएनी दिदि भाईको निधार खाली नहोस, टाढा भाएनी माया गाढा होस् भनेकाले पो होकी दशैंमाचाहीँ भेट्छौं । अब सरिते आएर फेरी रुन्छे, यसपाली नी यस्तै भो भनेर । आमाले साइत मै टिका लाउनु भनेपनि यहाँ कहाँको साईत, दिदी भिनाजुको आशिषरुपी अबिरसँग मुछिएका हाइब्रिड चामल यो निधारमा टल्काउन पाउँदा थोरै भएपनि राहत मिल्छ । मास्टर बा आमाको झल्को मेटिन्छ । भान्जी पैसा अलि अलि चिन्ने भएकी छिन, उनीलाई यहाँको विदेशी नोट दिँदा मक्ख पर्नेछिन । एकैछिन भएनी बर्षभरिका तिता मिठा कुरा सेयर गरेर कैले मुर्छा परेर हास्छौँ, कहिले डाँको छोड़ेर रुन्छौँ सरिते र म ।
रोशनी खड्का प्याकुरेल- हाल–मेलबर्न भिक्टोरिया, अस्ट्रेलिया बस्नुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्