भक्तपुरको मध्यपुर ठिमीबाट लागू औषधसहित एक जना पक्राउ

भक्तपुर –  लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मध्यपुरथिमी नगरपालिका वडा न ३ बस्ने वर्ष २७ को विशाल गिरीलाई पक्राउ गरेको हो । उनी सवार बा ९७ प २०९६ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरको डिकीबाट ट्रमा डोल –४६० ट्याब्लेट, होण्डा कम्पनीको स्कुटर – १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले मध्यपुर ठिमी नगरपालिका वडा नं ५ राधेराधे स्थित काभ्रेपलान्चोक चौर देउराली गाउँपालिका वडा नं ४ ओछार घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा न ३ बस्ने विशाल गिरीलाई स्कुटरसहित नियन्त्रणमा लिएको हो ।

अहिले प्रहरी परिसर भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.