भीमेश्वर नगरपालिका -८ चरङ्गे बस दुर्घटना, १को मृत्यु सात जना घाइते

दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको प्रदेश ३–०१ –००६ ख ४८४३नम्बरको यात्रुवाहक दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना हुँदा एकको मृत्यु ७ भन्दा जना घाइते भकाएछन् ।

जिल्ला प्रहरी कार्यक्रम दोलखाको प्रहरी नायव उपरीक्षक युवराजको नेतृत्वमा गएको टोली घाइतेको उद्धार गरी घाइते लाई उपचार को लागि दोलखा सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा पुराएकोमा अस्पताल रामेछाप जिल्ला उमा कुण्ड ६ का २२ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएको छ ।

गुप्तेश्वर का २२ वर्षीय धन बहादुर खड्का को अवस्था गम्भीर रहेको र बाँकी छ जनाको अवस्था सामान्य रहेको सामुदायिक अस्पताल चरिकोटले जनाएको छ । उनीहरू खतरा मुक्त रहेको सामुदायिक अस्पतालमा अमृत बुढाथोकीले जानकारी दिनुभएको छ ।

अन्य घाइतेलाई चरिकोट स्थित सामुदायिक अस्पतालमा ल्याउदै गरेको भए पनि अवस्थामा सामान्य रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख खड्का ले बताउनुभयो ।

बागमती प्रदेश ३ -०१- ०० २४ च ७५१५ नम्बरको ईकाे भ्यानलाई अभिट्याक गर्ने क्रममा बसको सडकमै दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.