चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ
काठमाडौँ– साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।
यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ । कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्