बिपी राजमार्गमा सुख्खा पहिरो ,राजमार्ग पुन अवरुद्ध

काठमाडौँ – बिपी राजमार्गमा सुख्खा पहिरो जाँदा सुमोमा क्षति पुगेको छ। बाढी पहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बिपी राजमार्गको काभ्रे चौकी डाँडादेखि सिन्धुलीको नेपाल थोक सडकखण्ड‍ आज बिहानबाट सुचारु भएको थियो। पहिरो गएपछि अस्थायी डाइभर्सन फेरि बन्द भएको छ। पहिरोले सुमो र बसमा क्षति पुगेको हो।

सवारीसाधन सुचारु भइरहेको समयमा बिपी राजमार्गको रोशी गाउँपालिका-११ बुलढुङ्गामा सुख्ख पहिरो जाँदा सुमो र बसमा क्षति पुगेको छ ।  मानवीय क्षति भएको छैन। पहिरो पन्छाउन गएको जेसिबी मेसिन पनि भर्खरै पल्टिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.