गुल्मीमा जिप दुर्घटनामा १४ जना घाइते २ जनाको अवस्था गम्भीर 

 गुल्मी –  गुल्मीमा जिप दुर्घटनामा १४ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर- ५ इन्द्र गौडामा लु १ ज ४४४८ नम्बरको सफारी जिप दुर्घटनामा परेको हो ।

शुक्रवार बपहान रिडि-बुर्तिवाङ सडक खण्डमा बुटवलबाट गुल्मीको मालिका तर्फ जाँदै गरेको जिप दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) शङ्कर पोखरेलले बताउनुभयो ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  अरू १२ जना घाइतेको अवस्था मध्य रहेको डिएसपी पोखरेलले बताउनुभयो । घाइतेहरूको थप उपचारको लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।

जिप आफै अनियन्त्रित भई बाटो देखि अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.