लेवनानमा शान्ति सेनामाथि इजरायली आक्रमण निन्दनीय

अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्वका क्रममा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूमाथि गोली चलाउन बन्द गर्न इजरायललाई आग्रह गर्नुभएको छ।

हिजो इजरायल रक्षा बल IDF ले घटनाको लागि आफ्नो सेना जिम्मेवार भएको बताएको थियो ।

हिजो र अस्ति भएको घटनामा लेबनान युनिफिलमा संयुक्त राष्ट्रसंघ अन्तरिम बलका लागि कार्यरत दुई श्रीलंकाली र दुई इन्डोनेसियाली सैनिकहरू घाइते भएका थिए।

ती घटनाहरु भएको ४८ घण्टापछि राष्ट्रपति बाइडेनको प्रतिक्रिया आएको हो ।

इजरायली सेनाले नाकोराको युनिफिल बेसको वरिपरि खतरा पहिचान गरी आइडीएफ सुरक्षाकर्मीले गोली चलाएको बताएको छ ।

साथै घटनाको उच्च तहमा छानबिन गरिने बताएको छ।

फ्रान्स, इटाली र स्पेनका नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलका कार्यहरूको निन्दा गर्दै आक्रमण अनुचित भएको र तुरुन्तै अन्त्य गर्नुपर्ने बताएका छन् ।

श्रीलंकाको विदेश मन्त्रालयले पनि आइडीएफ आक्रमणको कडा निन्दा गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.