शुभ साइतमा वडादशैँको टिका लगाउन शुरु

काठमाडौँ- नेपालीहरुको महान चाड वडा दशैँको टिका लगाउन शुरु भएको छ । आज बिहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा आफूभन्दा ज्येष्ठबाट वडा दशैँको टिका लगाउन शुरु गरिएको हो । साथै जमरा लगाउने र आशिर्वाद लिन शुरु गरिएको हो ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टिका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (वडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो ।यसैले आजको दिनलाई विजयको प्रतिकका रुपमा पनि लिइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.