पर्वत अस्पतालमा आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जडान

 

पर्वत- जिल्ला अस्पताल पर्वतमा पहिलो पटक आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्टको सेवा विस्तार गरिएको छ ।

पर्वत अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा ३/३ बेड क्षमताको आईसीयू र भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना गरेको हो ।

५/५ बेडका भेन्टिलेटर रआईसीयू बेड स्थापना गर्ने तयारी भएपनि तत्काल आवश्यक पर्दा ३/३ बेड सञ्चालनमा आइसकेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताए ।

गण्डकी प्रदेश सरकारको ६० लाख आर्थिक सहयोगमा प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्टबाट उपकरण स्थापना गरी अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरिएको छ ।

पहिले यो सेवा नहुँदा विरामीहरुलाई पोखारा रिफर गर्नुपर्ने बाध्यता थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.