गौशाला धर्मशालाको व्यवस्थापन गर्न कामनपासँग समन्वय भएको छ: पशुपति क्षेत्र विकास कोष

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सम्बन्धमा कानुनी प्रावधानअनुसार अगाडि बढिरहेको बताएको छ ।

मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुरुप बढ्ने जनाएको हो ।

काठमाडौँ जिल्ला अदालतको मिति असोज १६ गतेको फैसला बमोजिम मारवाडी सेवा समिति नेपाल दाबी नपुग्ने ठहर गरी  गौशाला धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषमा नै निहित भएको फैसला भएको थियो । उक्त गौशाला धर्मशालाको पशुपति क्षेत्र विकास कोष व्यवस्थापनले आवश्यकता अनुसार सम्बन्धित सरकारी निकायसँग समन्वय गरी व्यवस्थापन गर्न कोषलाई निर्देशन दिने भइसकेको बताइएको छ ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगर पालिकाबिच असोज २२ मा गौशालास्थित धर्मशाला सञ्चालन व्यवस्थापनको नीति बनाई गौशाला धर्मशालाको सञ्चालन व्यवस्थापनको मोडेल सहितको कार्यविधि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट निर्णय भए बमोजिम हुने गरी हाललाई गौशाला धर्मशालाको व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकासँग समन्वय गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताउनु भयो ।

उहाँले २०२१ सालको नापीमा गौशाला रहेको, २०४२ सालको नापीमा गाई गोठ र धर्मशाला भनेर नापी भएको र २०५८ सालमा मारवाडी सेवा समिति नेपाल, न्यासधारी संस्था दर्ता भएको बताउनु भयो । जुन जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदा २०४२ सालको नापी निस्सामा उल्लेख भएको गाई गोठ र धर्मशालाको नामसँग मिल्ने गरी मारवाडी सेवा समिति नेपाल उल्लेख गरी नयाँ संस्था दर्ता गराएको देखिएको बताउनु भयो ।

उहाँले २०२१ सालको नापी तथा २०४२ सालको नयाँ सरकारी नापीमा समेत यो धर्मशाला क्षेत्रलाई मारवाडी समुदायको कुनै पहिचान जमिने गरी नाप नक्सा भएको अवस्था नरहेको बताउनु भयो । गौशाला धर्मशाला जानिएर नापी भएको उल्लेख गर्नुभयो ।

तत्कालीन समयमा गौशाला धर्मशाला शब्द मिसाएर मिल्दो जुल्दो हुने गरी जिल्ला प्रशासन कार्यालयमा मारवाडी सेवा समिति नेपाल नामको संस्था दर्ता गरेको देखिएको बताउनु भयो । २०५८ साल अघि कुनै कानुनी व्यक्तिको अस्तित्व नरहेको बताउनु भयो ।

भगवान पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति कसैले पनि गलत ढङ्गले अतिक्रमण गर्न नहुने पशुपति क्षेत्र विकास कोषले बताएको छ । भगवान्को सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य भएको कोषको निष्कर्ष छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.