कञ्चनपुरबाट बैतडी जाँदै गरेको बस दुर्घटना, ४ जनाको मृत्यु, १२ जना घाइते

बैतडी- कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार बस डडेलधुराको खसरेकाेखानमा गएराति दुर्घटनामा परेको छ ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएकाे हो ।

दुर्घटनामा परी अरु १२ जना घाइते भएकाे प्रारम्भिक अनुमान प्रहरीको छ।

घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ ।

मृतकहरूको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटना सम्बन्धि विस्तृत विवरण आउन बाँकी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.