दशैंको मौका छोपी घर आएका ६ जना फरार प्रतिवादी पक्राउ

रौतहट- रौतहटमा दशैं मनाउन घर आएका ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट फैसला भई कैद जरिवाना तोकिएर लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका ६ जना अपराधीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नजिर अन्सारी, सिहदान्त पासवान, रामसागर गिरी, पवनकुमार राउत कुर्मी, उमेश कुमार भन्ने अखिलेशकुमार यादव र राजेशकुमार यादव रहेका छन् ।

दसैंको अवसरमा घरमा आई लुकिछिपी बसेको अवस्थामा प्राप्त सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी दीपकुमार रायले जानकारी दिनुभयो ।

अन्सारीलाई सवारी ज्यान मुद्दा, पासवानलाई चोरी मुद्दा, गिरीलाई बालबिबाह मुद्दा, कुर्मी र यादवलाई चोरी मुद्दामा जरिवाना र कैद तोकिएको डीएसपी रायले बताउनुभयो । राजेशकुमार यादवलाई भने लागुऔषध मुद्दामा ५० हजार जरिवाना तोकिएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनको लागि बिहीवार जिल्ला अदालत गौरमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.