बलात्कार आरोपी श्रीमान पक्राउ

मकवानपुर- श्रीमान् समेतको संलग्नतामा मकवानपुरकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।  सामुहिक बलात्कारको आरोपमा मकवानपुर प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य दुई युवक भने फरार छन् ।

मनहरी गाउँपालिका–वडानम्बर ५ की ३१ वर्षीया महिलाको असोज ३० गते बेलुका आफ्नै घरमा सामूहिक बलात्कार भएको थियो । पीडित महिलाले कात्तिक १ गते छिमेकका अन्य २ जना युवक सहित श्रीमान बिरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिइन् ।

पीडीत महिलाको उजुरीको आधारमा प्रहरीले उनका श्रीमानलाई कार्तिक १ गते नै पक्राउ गरेको थियो । घटनामा संलग्न अन्य दुई युवाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.