लामिछानेलाई म्याद थपका अदालत लगिँदै,पोखराको सुरक्षा व्यवस्था कडा

काठमाडौं – गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगिँदै छ ।

लामिछानेलाई म्याद थपका लागि अदालतमा लैजाने तयारी गर्दा कास्की जिल्ला अदालत अगाडिको सडकमा सवारी आवागमन रोकिएको छ । रास्वपाका नेता तथा कार्याकर्ता तथा सहकारी पीडितहरुले प्रर्दशनको तयारी गरिरहदा पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । काठमाडौंबाट शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा लैजान लागिएको हो ।

रविविरुद्ध सहकारी ठगी र संगठित अपराधको अनुसन्धान गर्न भन्दै प्रहरीले अदालतको अनुमति लिएर पक्राउ गरेको थियो । रविलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् । आज पनि पोखरामा प्रदर्शन गर्ने तयारी छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.