सिरहामा आफ्नै साथीको हत्या गर्ने पाँच जना पक्राउ

सिरहा- आपसी विवादमा आफ्नै साथीलाई हत्या गर्ने पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका-१३ डंगराहा टोलका २७ वर्षीय सन्तोष कुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेद पक्राउ परेका हुन्। उनीहरुले आफ्नै गाउँकै साथी कृष्ण कुमार महरालाई हत्या गरेको आरोप लागेको छ ।

असोज २७ गते राती कृष्ण र रोहित सुखिपुर नगरपालिका-१० शिवचौकमा दुर्गा पूजाको अवसरमा लागेको मेला हेर्न गएका बखत त्यहाँ अन्य साथीहरु भेटेर सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाए ।

सोही अनुसार मेला स्थानदेखि पुर्व खोला नजिक चौरमा गए । त्यहाँ उनीहरुले गाँजा र नाईट्राभेट ट्याबलेट सेवन गरे । सोही क्रममा कृष्णले आफूले चिनेका महिला साथीलाई भेट्न बोलाए । त्यसपछि अन्य साथीहरुले आफूहरू पनि ती महिलालाई भेट्ने इच्छा जाहेर गरे ।

तर कृष्ण भने राजी भएनन् । कृष्णले साथीहरूको कुरा नमान्दा उनीहरू रिसाए र हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

मोहमद जमसेद, धिरज कुमार राम, धर्मेन्द्र महरा, संतोष कुमार महरा, रोहित कुमार महरा र अरविन कुमार महरासमेत मिलेर ज्यान मार्ने योजनाअनुसार कृष्ण कुमार महरालाई चारैतिरबाट घेरा हाली समातेर धारिलो कैँची प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

अपराधबाट बच्नको लागि उनीहरूले गागन खोलाको पश्चिम पट्टीको डिलमा खाल्टो खनेर कृष्णको कम्मरभन्दा माथिको भाग बालुवाले छोपी फरार भएका थिए ।

असोज २८ गते उनको शव हत्या गरेको अवस्थामा फेला परेका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नैबाट हत्या भएको पुष्टि भएको ।

घरमै लुकेर बसिरहेका हत्या आरोपितहरूलाई शुक्रबार नै पक्राउ गरेको हो । आइतवार अदालतबाट म्याद थप सार्वजनिक गरेका छन् । ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.