रौतहटमा दुई थान भरुवा बन्दुकसहित एकजना पक्राउ

रौतहट- डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा पर्ने चुरे क्षेत्रको ख्याकुबाट दुई थान बरुवा बन्दुक सहित एकजना पक्राउ परेका हुन् ।

चुरे क्षेत्रको ख्याकु गाउँमा अवैध रूपमा खयर काटेर डमरु कारखाना सञ्चालन गर्दै आएका कान्छामान जिम्बाको गोठमा डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले छापा मार्ने क्रममा दुई थान भरुवा बन्दुकसहित जिम्बा पक्राउ परेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद शाहले जानकारी दिनुभयो ।

गैंडाटार सब डिभिजन वन कार्यालयका प्रमुख रेन्जर विकास लामिछानेको नेतृत्वमा गएको गस्ती टोलीले जिम्बाको घरबाट दुई थान भरुवा बन्दुक र २० स्थान खयरको डमरु समेत बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.