नजिकिंदै तिहारः ढकमक्क फुलेका सयपत्री फूल

गुल्मी- गुल्मी जिल्लामा व्यवसायीकरुपमा फूल खेती नहुँदा फूलका निम्ती बुटवल लगायत अन्यत्र शहरको भर पर्नुपर्ने अवस्था रहेको थियो । जिल्लामा हुने ठूला मेला महोत्सवमा बुटवलबाटै फूलका माला ल्याउनुपर्ने बाध्यता थियो ।

तर पछिल्लो समय जिल्लाका ग्रामीण वस्तीमा व्यवसायी फूल खेती शुरु हुन थालेका छन् । जिल्लामा तिहार लगायत विभिन्न मेला महोत्सव लक्षित गरेर व्यवसायीक रुपमा फूल खेती हुन थालेको छन् ।

गुल्मी जिल्लाका ग्रामीण वस्तीमा व्यवसायी रुपमा फूल खेती गर्ने कृषकहरु बढ्दै जान थालेका छन् । नेपालीहरुको दोस्रो ठूलो महान पर्व तिहारलाई लक्षित गरेर व्यवसायीक रुपमा फूल खेती गर्न थालिएको छ ।

पहिले गाउँ घरमा वरपर मागेर फूलका माला बनाउने प्रचलन रहेको थियो । तर पछिल्लो समय घर घरमा फूल खेती नगर्नु र स्थानीय तहले कृत्रिम फूलका माला निषेध गरेकाले व्यवसायीक रुपमा फूल खेती गर्ने कृषकहरु बढदै गएका हुन् ।

गुल्मी जिल्लामा करिब ३० जना कृषकले धेरै परिमाणमा उत्पादन गर्ने व्यवसायीक रुपमा फूल खेतीमा आबद्ध रहेका छन् । पछिल्लो समय कृषिलाई आफ्नो व्यवसाय बनाएर लागेका युवा रेसुङ्गा नगरपालिका वडानम्बर–६ मा प्रेम नेपालीले पुष्प खेतिको सुरुवात गर्नुभएको छ ।

नेपालीले जग्गा भाडामा लिएर यसवर्ष २ रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा फूल खेती गरेका छन् । अघिल्लो वर्षबाट फूल खेती शुरु गर्नु भएका नेपालीको फर्ममा यतिबेला तिहार पर्वलाई लक्षित गरेर फूलहरु फूलिरहेका छन् ।

अघिल्लो वर्ष तीन रोपनी क्षेत्रफलमा फूल खेती गरेका नेपालीले यसवर्ष २ रोपनीमा मात्रै गरेका छन् । अघिल्लो वर्ष बिक्री कम भएकाले क्षेत्रफल घटाएको नेपालीको भनाइ छ । अहिले गाउँ घरमा पनि कम फूलहरु फूलेकाले माग उच्च हुन सक्ने अनुमान नेपालीको छ । तर उत्पादन कम छ ।

त्यस्तै रेसुङ्गा नगरपालिका वडानम्बर–१० मा बिनोद कुँवरले पनि फूल खेतीको उत्पादन क्षेत्रफल घटाएका छन् । कुँवरले अघिल्लो वर्ष एक रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गरेका छन् ।

अघिल्लो वर्ष उत्पादन धेरै भएपनि जिल्ला बाहिर फूल निर्यात गर्न नसक्दा कृषकहरुले उत्पादन क्षेत्रफल घटाएका हुन् । जिल्लाभर साना ठूला गरेर एक सय जना कृषकहरु फूल खेतीमा आवद्ध रहेका छन् ।

अघिल्लो वर्ष एक सय रोपनी क्षेत्रफलमा फूख खेती भएको थियो । तर यसवर्ष ५० रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गर्दै आएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

अघिल्लो वर्ष फूल धेरै उत्पादन भएको र बिक्री कम भएकाले कृषकले उत्पादन क्षेत्रफल घटाएको भण्डारीले बताए । फूल खेती बिस्तार गर्न कृषि ज्ञानकेन्द्र गुल्मी प्राबिधिक ज्ञानसँगै समुहमा बीउ वितरण गर्ने गरेको छ ।

जिल्लामा फूल खेती गर्ने कृषकहरुलाई आबश्यक तालिमहरु पनि प्रदान गर्ने गरेको भण्डारीले बताउनुभयो । तिहारको पाँचौ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ । त्यसैले गर्दा यस समयमा विभिन्न जातका फूलको माग बढि हुन्छ । जिल्लामा धेरै जसो कृषकले सयपत्री फूल खेती गर्दैआएका छन् ।

अहिले ग्रामीण भेगमा रहेका रैथाने फूल, थुंगे, मखमली लगायत विभिन्न जातका फूलहरु हराउदै गएका छन् । उन्नत जातका बीउका फूलहरु लगाउने गर्नाले रैथाने जातका फूलहरु पाउन मुस्किल पर्न थालेको कृषि ज्ञानकेन्द्र प्रमुख भण्डारीले बताए ।

सामान्य मेहनत र थोरै लगानीले धेरै आम्दान गर्न सकिने नगदे बालीका रुपमा फूल खेतीलाई लिइन्छ । तिहार लगायत, बिवाह, पूजा तथा मेला महोत्वसमा फूलको माग बढि हुन्छ ।

जिल्लामा यसवर्ष तयारी प्रति मालाको २ सय रुपैयाँ र प्रति केजी ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.