अबदेखि हुलाक टिकट नेपालमै छापिने

काठमाडौँ-अबदेखि हुलाक टिकट नेपालमै छापिने भएको छ । सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले हुलाक टिकटसंगै जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर समेत छपाई गर्ने निर्णय सरकारले गरेको हो ।

कात्तिक ८ गते अर्थात् बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले स्लोभानिया समेतका विभिन्न ११ वटा स्थानका अवैतनिक वाणिज्य दूत तथा महावाणिज्यदूतहरुको पदावधि चार बर्षकालागि थप गरेको जानकारी दिनुभयो ।

यसैगरि सरकारले पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको परिवारलाई बढीमा ५ लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.