रुपन्देहीमा थप दुई संक्रमितको मृत्यु
रुपन्देही- रुपन्देहीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो ।
तिलोत्तमा ११ की ५० वर्षीया महिलाको गएराति र बुटवल १३ का ५२ वर्षीय पुरुषको आज बिहान कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिनुभयो ।
तिलोत्तमाकी महिलाको पीसीआर रिर्पोट हिजो बिहान १० बजे पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना भएकी उनको साँझ मृत्य भएको गौतमले बताउनु भयो ।
बुटवलका पुरुष भने कार्तिक ७ गते रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए ।।
प्रतिक्रिया राख्नुहोस्