चितवन सत्रकिलो दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत

चितवन- नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गोर्खा आरुघाटका राजबहादुर गुरुङ, विद्युतीय सवारी साधनका चालक चितवन खैरहनीका अनाेज अधिकारी, नवलपरासी विनयत्रिवेणीका सन्तोष भुषाल, सविना भुषाल र भारत घर भएर पोखरा बस्ने कुमार साह हुनुहुन्छ ।

भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा आज बिहान विद्युतीय माइक्रोबस र बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.