मेरो इमान र निष्ठामाथि धावा बोल्नेबिरुद्ध कानूनी लडाईं लड्छुः पर्यटनमन्त्री पाण्डे

सरकार र पार्टीले छानविन गरोस्, दोषी देखिए सबै पद त्याग्छु

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानूनी लडाईं लड्ने बताउनुभएको छ ।

नेपाली काँग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजैन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाउनुभएको थियो ।

सोहीबारेमा स्पष्टीकरण दिँदै मन्त्री पाण्डेले केही मानिसहरुले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताउनु भयो । उहाँले नाजायज लाभबाट आफ्नो व्यक्तित्व विकास गर्न खोज्नेहरुले आरोप लगाएको बताउनु भयो । इमान, निष्ठा, इज्जत र प्रतिष्ठा नभएकाहरुले आफ्नो इमान्दार प्रयासलाई मान मर्दन गर्नेगरी मनोबल गिराउन आरोप लगाएको बताउनु भयो ।

पर्यटन क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन तथा नाजायज फाइदा लिन यस किसिको आरोप लगाइएको बताउनु भयो । यसबारेमा आफूले सरकार, पार्टीलाई पनि जानकारी गराउने र कानूनी लडाईं पनि लड्ने बताउनु भयो ।

संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा उहाँले इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष र प्रतिवाद गर्नसक्ने बताउनु भयो ।  सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानविन गर्न पनि आग्रह गर्नुभयो । आफूबाट जानेर÷नजानेर कुनैपनि खालको कमजोरी भएको भए सरकार पार्टीबाट बाहिरिने घोषणा गर्नुभयो । मन्त्री पाण्डेले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवद्र्धनका लागि आफूले सक्दो पहल गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो आकाशलाई पनि सुरक्षित गरौँ, आकाशलाई सुचारु र गतिशिल गरौँ, नेपालको जिडिपीलाई बढोत्तरी गर्न पर्यटन क्षेत्रलाई अघि बढाऔँ भनेर मैले उहाँहरुको पनि साथ लिइरहेको छु । पोखरा र भैरहवा एयरपोर्ट चलाउने सन्दर्भमा क्याबिनेटमा प्रश्ताव लिएर जाने कार्ययोजनाको विस्तृत प्रश्ताव लिएर जाने, त्यो कार्ययोजनालाई पारित गर्ने, त्यो कार्ययोजनाअनुसार फ्लाइटहरु सञ्चालन गर्ने काममा भैरहवामा पनि अहिले केही आशाका संकेत देखिएका छन् । पोखरामा त्यसलाई कसरी बढाउने, कसरी बिस्तारित गर्ने ? भइरहेका फ्लाइटलाई पनि कसरी बिस्तारित गर्ने ? कसरी दिगो बनाउने भन्नेमा बढो दत्तचित्त भएर म र सरकारी निकायहरु र निजी क्षेत्रसँग समेत संवाद गरिरहेको छु ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.