प्रधानमन्त्री विरुद्ध नक्कली कागजात तयार गरी भ्रम सिर्जना गर्नु राष्ट्र विरुद्धको षडयन्त्र : महासचिव पोखरेल
काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले कुनै पनि समाजका लागि षडयन्त्र र अराजकताले त्यस समाजको भविष्यलाई बर्वाद बनाउने पनि प्रष्ट पार्नुभएको छ । यस प्रकारको षडयन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु सबैको कर्तव्य भएको महासचिव पोखरेलले उल्लेख गर्नुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्