बुँवाखोलामा मोटरेवल पुल शिलान्यास भएपछि खोटाङवासी हर्षित

खोटाङ – खोटाङको दक्षिणी क्षेत्रमा पर्ने जन्ते ढुङ्गा र बराह पोखरी गाउँपालिकाको सीमास्थित बुवा खोलामा मोटरे बल पक्की पुल शिलान्यास गरिएको छ । जन्ते ढुङ्गा गाउँपालिका–१ देविस्थान र बराह पोखरी गाउँपालिका–५ पौवासेराबीचको बुवा खोलामा झन्डै १७ करोड ६० लाखमा निर्माण सम्पन्न हुने पक्की पुलको शिलान्यास गरिएको हो ।

कोसी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बिहीबार औपचारिक रूपमा पुल शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारबाट यही आर्थिक वर्ष विनियोजित बजेटले १ सय ४८ मिटर लम्बाई भएको मोटरे बल पक्की पुल निर्माण गर्न लागिएको हो । मूल्य अभिवृद्धि कर तथा पिएससहित १७ करोड ५८ लाख ७९ हजार ७ सय २९ मा सम्पन्न गर्ने गरि जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुरले पुल निर्माणको ठेक्का लिएको छ । निर्माण कम्पनीले २०८३ कात्तिक–२१ गतेसम्ममा सक्ने गर ०८१ वैशाख–३० गते पुलको ठेक्का सम्झौता गरेको थियो ।

कोसी प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री भूपेन्द्र राईले तोकिएकै समयमा मोटरे बल पक्की पुल निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । प्रादेशिक सडक पुल सहयोग एकाइ, इटहरीको प्राविधिक सहयोगमा कोसी प्रदेश सरकार अन्तरगत पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत मोटरे बल पक्की पुल निर्माणको काम अघि बढाइएको जन्ते ढुङ्गा गाउँपालिकाका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभयो ।

मोटरे बल पक्की पुल शिलान्यास कार्यक्रममा कोसी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमी राजवङ्शी, जन्ते ढुङ्गा गाउँपालिकाका प्रमुख राई, बराह पोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जरा, पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख तथा प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधि, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल–खोटाङ बजार हुँदै दक्षिणी क्षेत्र जोड्ने सडक खण्डमा पक्की पुल नहुँदा वर्षाद्को समयमा आवतजावत ठप्प हुने गरेको छ । उक्त कच्ची सडक खण्डमा पर्ने बुवा खोलामा ढिलै भए पनि मोटरे बल पक्की पुल बन्ने भएपछि स्थानीयवासी हर्षित छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.