०८४ मंसिरको चुनावसम्म यही सत्तासमीकरण कायम रहन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन २०८४ साल मंसिर सम्म कायम रहने बताउनु भएको छ । राजधानी  काठमाडौँमा आज पार्टीले आयोजना गरेको जागरण सभालाई संवोधन गर्दै उहाँले काँग्रेस -एमालेको सत्ता समीकरण आगामी निर्वाचन सम्म कायम रहने बताउनु भएको हो । दुई दल बीच भएको सहमति अनुसार आफुले १८ महिना र काँग्रेस सभापति शेर बहादुर देउवाले १८ महिना चलाउने कोही भ्रम नपर्न ओलीको आग्रह थियो ।

उहाँले भन्नुभयो, ‘सरकार बन्दै बन्दैन भन्थे, बन्यो । विश्वासको मत पाउँदै पाउँदैन, त्यो पनि पायो । यो महिना कट्दैन, त्यो पनि कटयो । दशैं देख्दैन, देख्ने मात्रै होइन, मनायो । तिहार देख्दैन, त्यो पनि देख्यो । कार्तिक कटदैन, त्यो पनि कटयो । मंसिर देख्दैन, त्यो पनि देख्यो । अब भाका राख्दैछन् फेबु्रअरीको । फेब्रुअरी भनेको त्यो माग, फागुनको कुरा हो । फागुनको कुरा होइन, म भन्न चाहन्छु–२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहन्छ । सबैले बुझे हुन्छ–कान खोलेर सुने हुन्छ । मेरो अवधि म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुर देउवाजीलाई जिम्मा लगाउछु । उहाँले प्रधानमन्त्रीत्व फेरि १८ महिना उहाँले चलाउनु हुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यस्ता भ्रममा नपर्नुस, यस्ता भ्रममा आम जनतालाई पर्न नदिनुस् । यस्ता भ्रमहरुको खण्डन गर्नुस् । ढुक्कले अगाडि बढ्नुस् । अवश्य पनि नेपाली  काँग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी पनि हुन् । अहिले नेपाली काँग्रेस र नेकपा एमाले किन एक ठाउँमा छन ? यसकारण कि अहिले हामी बीचको प्रतिस्पर्धा भन्दा एकता महत्वपूर्ण कुरा हो । देशलाई अप्ठयारोमा पार्न खोजिएको छ, लोकतन्त्रलाई अप्ठयारोमा पार्न खोजिएको छ । संविधान मास्न खोजिएको छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । अराजकता मच्याएर समाजलाई भाँड्न खोजिएको छ । ’

प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता मच्याएर समाजलाई भाँड्ने प्रयासलाई सरकारले असफल बनाउने पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.