प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूबारे जानकारी लिनुहुने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूबारे जानकारी लिनुहुने भएको छ ।
हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लाग्नु भएको हो ।
राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङ मार्गहरू लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन् । यसै बिच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दै छ ।
बालुवाटार स्थित पुरानो सचिवालयमा बस्ने सो बैठकमा पनि प्रधानमन्त्रीले सहभागिता जनाउनु हुने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्