भारतीय सेना प्रमुख द्विवेदीबाट वीरता पुरस्कार विजेताहरुलाई सम्मान
काठमाडौँ – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पोखराको भ्रमण गर्नुभयो र पोखरास्थित पेन्सन भुक्तानी कार्यालयको फराकिलो चउरमा भेला भएका नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकको ठूलो र्यालीलाई सम्बोधन गर्नुभयो ।
उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवम् वीर नारीलाई सम्मान गर्दै वहाँहरुसँग जनरल उपेन्द्र द्विवेदी र सेना पत्नी कल्याण संघ (भारतीय सेना) की अध्यक्ष श्रीमती सुनीता द्विवेदीले कुराकानी गर्नुभयो ।
भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सलाम गर्नुभयो ।
जनरल उपेन्द्र द्विवेदी पछि पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको भ्रमण गरी पृतनापति उपरथी सन्तोष बल्लभ पौड्याल र वहाँका स्टाफ अफिसरहरुसँग अन्तरक्रिया गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्