सर्वोच्चद्वारा प्रसाईंलाई थुनामा राख्नुको कारण माग

अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा  प्रसाईं पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले प्रसाईलाई थुनामा राख्नुको कारण देखाउन माग गर्दै अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।

छोरा निराजन प्रसाईंले शुक्रबार दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै किर्ते कागजात सार्वजनिक गरेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको थियो ।

प्रसाईंमाथि साइवर अपराधको पटके कसुरको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.