राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमा: महासचिव पोखरेल
काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरू मारमा परेको बताउनु भएको छ ।
सोमवार काठमाडौँमा नेपाल निर्माण उद्योग परिषद्को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताउनु भयो । उहाँले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरू आफू अनकुुल थप्ने तथा पुराना आयोजनाहरूलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने बताउनु भयो । उहाँले नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उल्लेख गर्नुभयो । उहाँले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताउनु भयो । उहाँले यस्तो हुँदा बाहिर जाने युवाहरूले मुलुकमा रेमिटेन्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताउनु भयो । उहाँले मुलुकभित्र पर्याप्त मात्रामा सामर्थ्य भए पनि मुलुकको सामर्थ्य समान गर्न सक्ने राज्य कमजोर बनाइएको बताउनु भयो । उहाँले राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व भए मात्रै देश बन्ने बताउनु भयो । उहाँले नेकपा एमाले र नेपाली काँग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताउनु भयो । उहाँले पछिल्लो समय सत्य कुरा बताउँदा शङ्कर पोखरेलले दुई दलीय प्रणाली ल्याउन खोज्यो भनिएको बताउनु भयो । उहाँले लोकतन्त्रमा एक वा दुई दलीय नहुने बताउनु भयो । उहाँले लोकतन्त्रमा जसले पनि विकल्प दिन सक्ने बताउनु भयो । उहाँले देश बनाउन जनता पनि देश बनाउने बाटोमा हिँड्न तयार हुनु पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘देश बनाउनु छ भने नयाँ ढङ्गले सोच्नुपर्छ । त्यो सोच्ने काम कसैले पनि गिरहेको छैनौँ । बाहिर जाने युवाहरूले मुलुकमा जसरी रेमिटेन्स लिएर आउँछन् त्यसरी नै बाहिर जान्छ । त्यही भएर देश बनेको छैन । हाम्रो आनीबानीमा परिवर्तन नभएकाले देश बन्न सकेको छैन । सबै काम देशभित्रका मानिसहरूले गर्दा मुलुकमा कर तिर्ने थिए । विदेशका मानिसहरू नेपालमा आएर काम गरेपछि नेपालको रकम बाहिर जान्छ । मुलुकभित्र पर्याप्त मात्रामा सामर्थ्य छ । तर मुलुकको सामर्थ्य समान गर्न सक्ने राज्यलाई कमजोर बनाएका छौँ । जबसम्म राज्य बलियो हुँदैन । तबसम्म देश बनाउन ग्राहो हुन्छ । मुलुकको विकास समृद्धि जति बेला राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व भए मात्रै हुन्छ । जुन चाहेको खण्डमा मुलुकमा नेकपा एमाले र नेपाली काँग्रेसले मात्रै दिन सक्छ । पछिल्लो समय सत्य कुरा बताउँदा शङ्कर पोखरेलले दुई दलीय प्रणाली ल्याउन खोज्यो भनिएको छ । लोकतन्त्र एक वा दुई दलीय हुँदैन । लोकतन्त्रमा जसले पनि विकल्प दिन पाउँछ । तर विकल्प कसले दिन सक्छ भनेर सोच्ने जनता भए मात्रै देश बन्छ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा दुई वटा मात्रै पार्टी उठेका थिएनन् । धेरै उम्मेदवार थिए । देश बनाउने हो भने जनता पनि देश बनाउने बाटोमा हिँड्न तयार हुनुपर्छ । राजनीतिक दल,राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश बन्दैन । बहुदलीय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व हुन सकेको छैन । पछिल्लो समय निर्माण व्यवसायी लगायत व्यवसायीहरू मारमा परेको कारण पनि राजनीतिक अस्थिरता हो । सरकार परिवर्तनसँगै कार्यक्रम र योजनाहरूमा बजेट नपर्ने,नयाँ आयोजनाहरू थेग्न र बजेट अभाव हुने गरेका छन् । नयाँ सरकार आउने बित्तिकै पुराना ठेक्का लागेका आयोजनाहरू कम बजेट दिने र नयाँ आयोजनामा छुट्टाउने फेरि अर्को नयाँ सरकार आउने फेरि त्यस्तै गर्ने सिलसिला राजनीतिक अस्थिरताको कारण भएको हो । जति सरकार परिवर्तन भए पनि धन्दा त्यही छ । नीतिगत स्थायित्वको आधार भनेको राजनीतिक स्थायित्वबाट हुन्छ । साना पार्टीका साथीहरूले चिन्ता गर्नु परेन । मन मिलेको पार्टीसँग मिल्दा हुन्छ ।’
उहाँले राजनीतिक दल,राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश नबन्ने उल्लेख गर्नुभयो । उहाँले बदुलिय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व अहिलेसम्म आउन नसकेको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्