मिर्चैयामा अधुरो नालामा डुबेर एक महिलाको मृत्यु

सिरहा – मिर्चैया नगरपालिका ५ गुदरीबजार मिर्चैया नगरपालिका कार्यालय अगाडि रहेको अधुरो नाला एक महिलाको डुबेर मृत्यु भएको छ ।
आज बिहान करिब ७ बजे अचानक लडेर २४ वर्ष रजिना देवीको महतोको मृत्यु भएको हो ।
मृतकको सव परीक्षण गर्दा उनको मुख र नाक बाट नालाको फोहोर पानी समेत आएको मिर्चैया अस्पताल प्रमुख सरिका गोईतले बताउनु भयो ।
मृतकका आफन्तले घटनाको जिम्मेवारी नगरपालिका प्रमुखले लिनु पर्ने बताउनुभयो । प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महिलाको शव परीक्षणका लागि मिर्चैया अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
Enter






प्रतिक्रिया राख्नुहोस्