डोटीमा काँग्रेसका उम्मेदवार थापा विजयी

डोटी – डोटीको पुर्बिचौकी गाउँपालिका –६ मा सम्पन्न उपनिर्वाचन मा नेपाली काँग्रेसका उम्मेदवार मोहन थापा विजयी हुनुभएको छ।
काँग्रेसका उम्मेदवार थापाले खसेको मत ८ सय ३९मध्ये ४ सय ६८ मत प्राप्त गरी विजय प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार देव थापाले ३०१मत प्राप्त गर्नुभएको छ ।
यस्तै माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी खडका कुँवरले ३१ मत प्राप्त गर्नुभएको छ। जम्मा खसेको मतमध्ये १३मत बदर भएको छ ।
वडा –६ का वडा अध्यक्ष पुष्पराज जोशीको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।जोशी पनि काँग्रेस बाट निर्वाचित वडा अध्यक्ष हुन।






प्रतिक्रिया राख्नुहोस्