जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले हरायो

काठमाडौँ–  जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत दोस्रो खेलम जीत हात पारेको छ ।  ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्किएपछि जनकपुर बोल्ट्सले  सहजै जीत निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हरायो ।  जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.