विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान होः सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय क्षेत्रलाई नै खेलकुदको महत्वपूर्ण क्षेत्र बनाएर जानुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय आफ्ना सन्तानलाई खेलकुदमा लगाउने अभिभावकहरु बढ्दै गएको बताउनु भयो । उहाँले खेलाडी उत्पादनमा निजी विद्यालयहरुको भुमिका अग्रणी रहेको बताउनु भयो । उहाँले खेलकुदका भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थीलाई आकर्षित गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्यालय क्षेत्रलाई नै खेलकुदको एउटा महत्वपूर्ण क्षेत्र बनाएर त्यसमा पनि हाम्रो सन्दर्भमा अहिलेसम्म प्याब्सन, एनप्याब्सन लगायतका निजी क्षेत्रका विद्यार्थीले बढी चासो राखेका छन् । यसमा लगानी पनि निजी क्षेत्रबाट बढी भएको छ । उपयुक्त शिक्षक पनि हुने, त्यसका लागि भौतिक पूर्वाधार पनि एक हदसम्म बनाएर विद्यार्थी आकर्षण गर्नुपर्ने हाम्रो एउटा समाजको परिस्थिति हो । खेलाडीहरु उत्पादन हुने श्रोत वा मुहान नै विद्यालय हो । त्यसबाट यसलाई अघि लैजानुपर्छ ।’

सभामुख घिमिरेले खेलकुदलाई राज्यले पनि महत्वका साथ लिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.