गत असोजको बाढीले झोलुङ्गे पुल बगाएपछि विद्यार्थी र स्थानीयलाइ समस्या (फोटो फिचर)
सिन्धुली- झोलुङ्गे पुल नहुँदा जिल्लामा समस्या भएको छ । बाढिले दर्जनौं झोलुङ्गे पुल बगाएपछि नदि तर्न समस्या भएको हो ।
सुनकोसी नदीमाथि भएका झोलुङगे पुलहरु बाढीले बगाएपछि सुनकोसी नदी वारपार गर्न विद्यार्थीसहित स्थानियलाई निकै समस्या भएको छ ।
सुनकोसी गाँउपालिका वडा नम्बर ६ बाट रामेछापको खाडादेवी गाँउपालिका पुछिघाट जोड्न झोलुगे पुल बगाएपछि विद्यार्थी सहित स्थानियलाई समस्या भएको छ ।
सिन्धुलीको सुनकोसी गाँउपालिकास्थित पञ्चकन्या प्राथमिक विद्यालय र दिर्घप्रदिप माध्यमिक विद्यालयका विद्यार्थीलाई आवातजावतमा डुङगाको सहारा र बाढीले क्षति गरेको पुलमै जोखिम मोलेर आवातजावत गर्नुपर्ने अवस्था छ ।
गत असोज महिनामा सुनकोसी नदीमा आएको बाढीले उक्त स्थानको झोलुगे पुल बगाएपछि रामेछापबाट सिन्धुलीको सुनकोसी ६ चैनपुरको पञ्चकन्या प्राथमिक विद्यालयका विद्यार्थीहरु ढुङगाको सहायताले कोसी वार पार गर्ने गरेका छन् भने सुनकोसी ६ खाल्टेमा रहेको दिर्घप्रदिप माध्यमिक विद्यालयका विद्यार्थी जोखिम मोलेर क्षतिग्रस्त पुलबाटै आवातजावत गर्ने गरेका छन् ।
सुनकोसी नदीमाथिका झोलुगे पुल बाढीले बगाएपछि विद्यालय आवातजावतमा निकै समस्या भएको सिन्धुली सुनकोसी गाँउपालिकाका विद्यालयमा अध्ययनरत रामेछाप जिल्लास्थित खाडादेवी गाँउपालिका पुछिघातका विद्यार्थीको गुनासो छ ।
सुनकोसीको बाढीले सिन्धुलीको सुनकोसी गाँउपालिका गोलञ्जोर गाँउपालिका र फिक्कल गाँउपालिका जोड्ने गरि रामेछाप तथा ओखलढुगाका विभिन्न गाँउ जोडिएका पक्कि तथा झोलुगे पुल बगाएको छ ।
पुल बगाएसँगै विद्यार्थीलाई मात्रै नभएर किसान तथा दैनिक पैदल यात्रा गर्ने यात्रुलाई समेत सुनकोसी तर्न मुस्किल पर्न थालेको छ । किसानलाई धान पराल तार्न समेत समस्या भएको स्थानियको भनाई छ ।
सिन्धुलीस्थित सुनकोसी नदीमा आएका बाढीले दुई पक्कि पुलसहित १४ ओटा झोलुगे पुल क्षतिग्रस्त भएको छ ।
प्रतिक्रिया राख्नुहोस्