नीजि क्षेत्रसंग मिलेर काम गर्न प्रदेश सरकार तयार छ – मुख्यमन्त्री पाण्डे

गोरखा –  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीजि क्षेत्र मिलेर काम गण्डकी प्रदेश सरकार तयार रहेको बताउनु भएको छ । गोरखा उद्योग बाणिज्य संघ गोरखाको ४९ औं बार्षिक साधारण सभा एवं १७ औ अधिवेशनलाई आज सदरमुकाममा सम्बोधन गर्नुहुँदै उहाँले विकास सम्बृद्धिका लागि नीजि क्षेत्रसंग साझेदारी गरेर अघि बढ्न सरकार तयार रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले स्थानीय उत्पादनलाई विश्वबजारसंग जोड्नका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै नीजि क्षेत्र र सरकारले पहिले के गर्ने भनेर केन्द्रिकृत भएर काम गर्न सके आर्थिक क्षेत्रमा देखिएको धेरै समस्यालाई पनि हल गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले ग्रामिण क्षेत्रमा पर्यटन र कृषि क्षेत्रमार्फत प्रसस्त रोजगारीका अवसरहरु सृजना गर्न सकिने भएकाले सरकारले त्यसतर्फ ध्यान दिएको भन्दै नीजिपनि यसलाई प्राथामिकतामा राख्नुपर्नेमा जोडदिनुभयो । प्रदेश सरकारले नीजि क्षेत्रका लागि गर्नुपर्ने काम र जिम्मेवारी आफु प्रतिवद्ध रहेको मुख्यमन्त्री पाण्डेको भनाई छ ।

नेपाल मात्र नभई विश्व अर्थतन्त्रमा पनि आर्थिक मन्दीले छोएको भन्दै उहाँले यसलाई सुधार गर्नका लागि बर्षौदेखि बन्द उद्योगधन्दालाई कसरी संचालन गर्नसकिन्छ भनेर कोसिस गरिरहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पाण्डेले स्रोत र साधनले अभावका कारण जनताले अपेक्षा गरेअनुसार प्रदेश सरकारलाई काम गर्न कठिन भइरहेको समेत बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश भित्रका सवै वडामा मुख्य सडक र गाउँपालिकाको केन्द्रसंग जोड्ने सडक निर्माणका लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.