बस र ट्रक ठोक्किदा २२ जना घाईते, ७ को अवस्था गम्भिर
पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सुनवलमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर छ ।
सुनवल नगरपालिका वडा नम्बर ७ अलकत्रे डाँडामा गए राति बर्दघाटबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र बिपरीत दिशाबाट आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । साईकल यात्रीलाई ठक्कर दिएको बस अन्यिन्त्रित भएर ट्रकमा ठोक्किएको थियो ।
घाईतेहरुको देवदह मेडिकल कलेज र बुटवलका विभिन्न अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।साईकल यात्री सुनवल चारपालाका ५५ वर्षिय सुर्य कार्कीको टाउकोमा चोट लागेकाले अवस्था गम्भिर रहेको छ ।
यसैगरी परिचय नखुलेका एक व्यक्ति सहित बसमा सवार पुर्वि नवलपरासीको विनयत्रिवेणी बस्ने हिरालाल कुर्मि, उनका छोरा नौ वर्षिय अनुराग कुर्मि, सोहि स्थानका उत्कृष्ट लुँईटेल, भुममाया थापा, बसका सहचालक नवलपरासी सरावलका टिकाराम थारु लगायतको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्