तीन स्थानीय तह जोड्ने दुईवटा पक्कि पुलको निर्माण सुरु

नुवाकोट- नुवाकोटको पुर्वी भेगमा एकै पटक तीन स्थानीय तह जोड्ने पुलको निर्माण सुरु भएको छ । दुई स्थानमा एकै पटक शिलान्यास गरिएसँगै पक्कि मोटरेवल पुलको निर्माण सुरु गरिएको हो ।

वागमति प्रदेश सरकारको आर्थिक लगानीमा वेलकोटगढी नगरपालिका १३ र लिखु गाउंपालिका ३ जोड्ने सुपारीखोल्ची मोटरेवल पुल र लिखु गा.पा-३ र ककनी गा.पा-३ जोड्ने कटरवोट सिन्दुरेखोलामा पक्कि मोटरेवल पुलको निर्माण सुरु भएको हो ।

दुवै पुलको एकै पटक बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

वेलकोटगढी-१३ र लिखु गा.पा-३ जोड्ने सुपारीखोल्ची मोटरेवल पुल कूल आठ करोड ४६ लाख रुपैयामा करिब ४१ मिटर लम्वाई र आठ मिटर चौडाई तथा लिखु गा.पा-३ र ककनी गा.पा-३ जोड्ने कटरवोट सिन्दुरेखोलामा पक्कि मोटरेवल पुल कूल पाँच करोड ८६ लाख रुपैयाको लागतमा करिब २५ मिटर लम्वाई र आठ मिटर चौडाइको निर्माण योजना रहेको पुर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिनुभयो ।

उक्त पुल निर्माणसँगै नुवाकोटको सदरमुकाम रहेको विदुरसँग लिखु, ककनी र बेलकोटगढीलाई सहज रुपमा जोडिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.