पोखरामा सुरु भयो ‘बेलुन महोत्सव’

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल आजदेखि पोखरामा शुरु भएको छ । बेलुन महोत्सवको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले आज उद्घाटन गर्नुभएको हो ।

महोत्सवको उदघाटन गर्दै मुख्य मन्त्री पाण्डेले यो महोत्सवको माध्यमबाट युवा शक्तिले चहेमा देशमै महत्वपूर्ण काम गर्न सकिने चर्चा र महोत्सवले गण्डकी प्रदेशको खेलपर्यटनको विकास र खेल पर्यटन प्रबर्द्धनमा ठुलो टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा कलाकार राजेश हमालले गण्डकी प्रदेशको पोखरा र यसक्षेत्रमा रहेका बिभिन्न पर्यटन गन्तब्यले पर्यटकलाई लोभ्याउने गरेकोमा बेलुन फेस्टिभलले अझ बढी खेल पर्यटनमा टेवा पुग्ने बताउनुभयो ।

आयोजक बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन  बेलुन महोत्सव गर्न लागिएको जानकारी दिनुभयो ।

नौ दिनसम्म चल्ने महोत्सव महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुग्नेछन् ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत विश्वका विभिन्न २० देशको प्रतिनिधित्व हुनेछ ।

महोत्सवमा २५ वटा बेलुन पाँच हजार फिटसम्म उडाइनेछ । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ ।

महोत्सवको संयुक्त आयोजकमा पोखरा पर्यटन परिषद् पनि छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.