स्याङजामा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाइते

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कालीगण्डकी–३ को बिर्घा–मिर्मीको भित्री सडक खण्डमा आलमबाट बिर्घातर्फ जाँदै गरेको लु. ४ त. ७८३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परी बाराको गढीमाई नगरपालिका-११ बस्ने अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको छ । अन्सारीलाई ट्याक्टरले च्यापेको थियो ।

उनको घटनास्थलमा नै मृत्यु भएको कालीगण्डकी–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

सिरक-डसना बनाउने मेसिन जोडेको ट्याक्टर दुर्घटनामा परी बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह र कलैया-११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी गम्भिर घाइते भएका छन् ।

दुबै जनाको कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.