पृथ्वी राजमार्गमा प्रहरीलाई सवारी व्यवस्थापनमा समस्या (फोटो फिचर)
काठमाडौं- देशको संघीय राजधानीलाई तराईलगाएत ६७ जिल्लासँग जोड्ने प्रमुख राजमार्ग अहिले स्तरोन्नतिसहित निर्माणको क्रममा छ । सडक स्तरोन्नतिसहित निर्माणका क्रममा यात्रु र सवारी चालकले मात्रै होईन राजमार्ग प्रहरीले पनि सवारी ब्यवस्थापनमा निकै समस्या खेप्नु परेको छ ।
राजमार्गमा सिमित मात्रामा प्रहरी भएका कारण पनि यस्तो समस्या आएको हो । राजमार्ग अहिले दैनिक चार घण्टाको दरले दिउँसोको समयमा बन्द गरी सडक फराकिलो बनाउन गजुरी र बेनीघाट रोराङ्ग गाउँपालिकाका विभिन्न स्थानहरुमा पहाड काट्ने काम भईरहेको छ ।
राजमार्गमा भएका सबै प्रहरीहरु सवारी ब्यवस्थापनमा जुट्ने गरेका छन् तर सवारी ब्यवस्थापन भने निकै अस्तब्यस्त हुने गरेको छ ।
विशेष गरी विहानको १० बजेदेखी मध्यन्न बेलुकी चार बजेसम्म राजमार्गमा दिवा सेवाका सवारीका साधनहरु अत्याधिक गुड्ने समय हो । यही समयमा राजमार्ग बन्द गर्दा झनै सवारी चाप बढ्ने भएकोले राजमार्गमा सवारी ब्यवस्थापनका लागी थप समस्या आएको हो ।
दैनिक सत्र हजार भन्दा धेरै सवारीका साधनहरु आवत जावत गर्ने यस राजमार्ग निर्माणमा निर्माण कम्पनीले अझै पर्याप्त श्रोत साधनको प्रयोग गर्न नसक्दा तोकिएको सात दिनमा सडक फराकिलो बनाउने कामको प्रगति समेत खसै हुने देखिन्न ।
त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने सवारी र आवतजावत गर्ने यात्रुहरुले अझै कति समय यस्तो सास्ति बेहोर्नुपर्ने हो, कुनै निश्चित नै छैन ।
प्रतिक्रिया राख्नुहोस्