अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्प र बाइडनको कडा टक्कर

न्यूयोर्क– अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट्रिक प्रतिस्पर्धी जो बाइडन र रिपब्लिकलन प्रतिस्पर्धी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच कडा प्रतिस्पर्धा भइरहेको छ । जारी मतगणना राष्ट्रपति ट्रम्प भन्दा बाइडनले केही अग्रता हासिल गर्नु भए पनि दुवैको कडा टक्कर भइरहेको देखिन्छ ।
मतगणना जारी रहँदा दुबै प्रतिस्पर्धीले आफूले जीत हासिल गर्ने दाबी गर्नु भएको छ । मतगणनामा भएको ढिलाईसँगै अनेकन अडकलवाजी हुन थालेको छ । निर्वाचन अघि करिब १० प्रतिशतले ट्रम्प भन्दा बाइडेनको अग्रता देखिएको मत सर्वेक्षण यसपटक पनि फेल आएको छ । यसैबीच राष्ट्रपति ट्रम्पले मत गणनामा धाँधली भएको भन्दै मतगणना रोकेपछि परिणाम आउन अझै ढिला हुने भएको छ । सत्तारूढ रिपब्लिकन पार्टीकै केही कानूनविद्हरूले मतगणना रोक्ने राष्ट्रपतिको आदेश गैरजिम्मेवार, गलत र आपत्तिजनक भएको बताएका छन् ।
हालसम्म अमेरिकाका ५० राज्य मध्य् ४१ वटा राज्यको मत परिणाम आइसकेको छ । अमेरिकामा राष्ट्रपति पदमा जीत हासिल गर्न २ सय ७० इलेक्टोरल कलेज मत प्राप्त गर्नुपर्छ । पछिल्लो परिणाम अनुसार डेमोक्र्याटिक पार्टीले २ सय ४३ भोट र रिपब्लिकन पार्टीले २ सय १४ भोट प्राप्त गरेका छन् । विस्कनसिन, मिसिगन, जोर्जीय, एरिजोना लगायतका केही निर्णायक राज्यको मत परिणाम आउन बाँकी छ । यस पटकको निर्वाचनमा दुबै उम्मेदवार बीच कडा प्रतिस्पर्धा भएकाले झिनो मत अन्तरले मात्रै जीत हुने अनुमान गरिएको छ ।
यस पटकको अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन् । झण्डै १० करोड मतदाताले हुलाक मार्फत् अग्रिम मतदान गरेका थिए ।






प्रतिक्रिया राख्नुहोस्